राजनीति

नेपाल कम्युनिस्ट पार्टी नेकपामा समाहित हुँदै

उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। दुवै पार्टीबिच आज एकता घोषणा हुने भएको हो।

एकता घोषणा सभाको आयोजना आज दिउँसो १ बजे कोटेश्वरस्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा हुनेछ।

विशेष एकता सभामार्फत दुई पार्टी बिचको एकता औपचारिक रूपमा घोषणा गरिने बताइएको छ।

प्रकाशित: १७ कार्तिक २०८३ ०८:०२ मंगलबार