कालीकोटमा समानुपातिक तर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
मत परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पहिलो र नेकपा एमाले दोस्रो दल भएको छ। नेकपाले ११ हजार १ सय ८९ मत प्राप्त गरेको छ।
दोस्रोमा रहेको एमालेले ९ हजार ५ सय २० र तेस्रोमा रहेको कांग्रेसले ७ हजार ७ सय ५४ मत प्राप्त गरेको छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५ हजार १ मत प्राप्त गरेर चौथो स्थानमा रहेको छ।
यस्तै, नेपाल कम्युनिस्ट पार्टी माओवादीले ३ हजार ३ सय ५८, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार १ सय ९५, नेपाल मजदुर किसान पार्टीले ९ सय ५, नेपाल जनता पार्टीले २ सय २७, प्रगितिशील लोकतान्त्रिक पार्टीले १ सय ९१ र राष्ट्रिय जनमोर्चा पार्टीले १ सय ७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
१ सय २८ मतदान केन्द्र रहेको जिल्लामा कुल ४२ हजार २ सय ३७ मत खसेको थियो।
प्रकाशित: २५ फाल्गुन २०८२ १७:११ सोमबार