राजनीति

यो निर्वाचनबाट नेकपा पहिलो पार्टी बन्छः प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट पार्टी पहिलो पार्टी बन्ने दाबी गरेका छन । अहिले हावाहुरी अन्तै चले पनि भित्रको रहस्य अर्कै भएको बताए। 

पार्टीले कपिलवस्तुको कृष्णनगरमा राखेको आभ सभामा सम्बोधन गर्दै उनले भने, ‘हावाहुरी अन्तै चलेको भन्छन, तर भित्र भित्र अर्कै छ, नेकपा पहिलो पार्टी बन्छ।’

अहिलको निर्वाचन बिशिष्ठ परिस्थितिमा भएको उनले बताए । स्वाधिनता र एकता आत्मनिर्णय रक्षा गर्दै जनमत संग्रहज जस्तै अहिलको निर्वाचन रहेको प्रचण्डको भनाइ छ ।  

अहिले राष्ट्रको  एकतालाई प्रबद्र्धन गर्न चाहने र संकटमा धकल्ने तथा जेन्जी युवाहरुको हत्या र सिंह दरबार जलाउने प्रबृतिका समते निर्बाचनमा उम्मेदवार बनेकोले राष्ट्र बचाउने र एकता गर्नेलाई मतदान गरेर जिताउन उनले आग्रह गरे ।  

जनताको अधिकार स्थापित गर्न पनि नेपाली कम्युनिस्ट पार्टीलाई जिताउनु आवश्यक रहेको उनको भनाइ छ । किसानहरूको वर्षौंदेखि रोकिएको भुक्तानीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै ‘ उखु किसानको बाँकी रहेको रकम कानमा छोपेर भए पनि दिलाइनेछ, यो हाम्रो जिम्मेवारी हो ’ उनले भने । 

प्रकाशित: १६ फाल्गुन २०८२ १९:५३ शनिबार