राजनीति

रुकुम पश्चिममा नेकपाको अग्रता कायमै

रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पाटीका गोपाल शर्माले अग्रता कायमै गरेका छन्। 

पछिल्लो मतगणनाअनुसार उनले १० हजार ३९१ मत प्राप्त गरेका छन्। 

यस्तै, उनलाई पछ्याइरहेका प्रगतीशील लोकतान्त्रीक पाटीका नेता जनार्दन शर्माले ७ हजार ९१० मत पाएका छन्।

त्यस्तै कांग्रेसका राजु केसीले ६ हजार ९७७ मत पाउँदा रास्वपाका मानबहादुर शाहीले १ हजार ७२२ मत ल्याएका छन्। 

प्रकाशित: २३ फाल्गुन २०८२ १४:५१ शनिबार