नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद र स्वकीय सचिवले १५ दिनको तलब भोटेकोशी बाढी प्रभावितलाई दिने भएका छन्।
सांसदहरू र स्वकीयको १५ दिनको तलब कटाएर प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए।
‘यो बाहेक सातै प्रदेश र स्थानीय जनप्रतिनिधिबाट एकमुष्ट राहत जम्मा गर्छौँ’, दुलालले भने।
यसअघि पार्टीले बाढी प्रभावित क्षेत्रका जनतालाई राहत दिन २५ लाख दिने निर्णय गरेको थियो।
प्रकाशित: १७ भाद्र २०८३ १२:२८ बुधबार