राजनीति

राष्ट्रिय सभाकी उपाध्यक्ष भण्डारीद्वारा पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा

राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लिला कुमारी भण्डारीले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्।

राष्ट्रिय सभामा उपाध्यक्ष पदमा निर्वाचित भएसँगै उनले निष्पक्षता र तटस्थता कायम राख्नुपर्नै संसदीय मर्यादा अनुरुप पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्। 

उनी एमालेको तर्फबाट गत माघ २५ देखि राष्ट्रिय सभामा निर्वाचित सदस्यको रुपमा कार्यरत थिइन्। 

प्रकाशित: २५ चैत्र २०८२ १३:५० बुधबार