राजनीति

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेट गरेका छन्।

अध्यक्ष दाहालले आज राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।

अध्यक्ष दाहालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएका राष्ट्रपतिको सचिवालयले जनाएको छ।

प्रकाशित: १३ श्रावण २०८३ १८:३६ बुधबार