राष्ट्रिय सभाको शुक्रबारका लागि निर्धारित बैठक स्थगन भएको छ।
अर्को बैठक यही साउन २७ गते अपराह्न १ः१५ बजे हुने भएको छ।
संसद् सचिवालयका अनुसार सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विशेष कारणवश् आज बस्ने भनिएको बैठक राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम साउन २७ गते बुधबार बस्ने गरी पुनःनिर्धारण गरेका हुन्।
प्रकाशित: २२ श्रावण २०८३ १२:१९ शुक्रबार



