राजनीति

राष्ट्रियसभा निर्वाचन : गण्डकीबाट महिलातर्फ एमालेकी सम्झना देवकोटा विजयी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट महिलातर्फ नेकपा एमालेकी सम्झना देवकोटा विजयी भएकी छन्। 

एमालेबाट उम्मेदवार बनेकी उनले ५ हजार १४ मतभार पाइन्।

गण्डकीका २ सय २८ मतदतामध्ये २ सय २३ मत खसेको थियो। मतदानमा सहभागी नभएकामध्ये राप्रपाका २ जना सांसद र सत्ता गठबन्धनका ३ जना पालिका प्रतिनिधि छन्।

प्रकाशित: ११ माघ २०८२ १७:१५ आइतबार