राजनीति

रामकुमारी झाँक्री राष्ट्रियसभा उम्मेदवारमा सिफारिस

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार छानेको छ। एमालेले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीसहित ६ जनाको नाममा टुंगो लगाएको सचिव महेश बस्नेतले जानकारी गराएका छन्।

निर्वाचन आयोगका अनुसार १८ सदस्यका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज मनोनयन दर्ता हुँदैछ। 

यी हुन् नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभाका उम्मेदवारहरूः
१. रोशनी मेचे  
२. प्रेम दंगाल  
३. सम्झना देवकोटा  
४. रामकुमारी झाँक्री  
५. मीना रखाल  
६. लिला भण्डारी  
७. सोम पोर्तेल

प्रकाशित: २३ पुस २०८२ ११:२४ बुधबार