राजनीति

राष्ट्रिय सभा : विषयगत समितिका सभापतिको निर्वाचन चैत २४ गते

राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापतिहरूको निर्वाचन चैत २४ गते हुने भएको छ। 

रिक्त सभापतिहरूको निर्वाचनका लागि अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका सचिव तुलबहादुर पाण्डेलाई निर्वाचन कार्यक्रमको सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन्। 

यसको प्रक्रिया भने २३ गतेदेखि सुरु गर्ने कार्यतालिका रहेको छ। 

प्रकाशित: १९ चैत्र २०८२ १७:१६ बिहीबार