राजनीति

राष्ट्रियसभा निर्वाचन : गण्डकीबाट अन्यमा कांग्रेसका तिमिल्सिना विजयी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार जगत तिमिल्सिना विजयी भएका छन्। पाँच हजार ३३ मतभार ल्याएर उनी विजयी भएका हुन्।

तिमिल्सिनाका प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका कपिल लामाले‍ ९ सय ४१ मतभार ल्याएका छन् भने अर्का प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका शंकरप्रसाद बरालको ७६ मतभार रहेको छ।

प्रकाशित: ११ माघ २०८२ १७:२५ आइतबार