राजनीति

कार्यसूची तय गर्न राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ ।  

अधिवेशन सुरु हुन दुई दिन अघि शुक्रबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि आइतबार बिहान ११ बजेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् ।  

सिंहदरबारस्थित राष्ट्रिय सभा हलमा बसिरहेको बैठकले आइतबार बस्ने बैठकको कार्यसूची तय गर्नेछ । शीर्ष नेताहरुको सम्बोधनको समय, सिटप्लानसहितको कार्यतालिकामा छलफलको कार्यसूची बैठकको छ ।  

जेनजी आन्दोलनपछि गत भदौं ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको थियो । सोही आन्दोलनका क्रममा नयाँ बानेश्वरमा रहेको संसद् भवन आगजनीपछि पूर्णरुपमा क्षतिग्रस्त बनेको थियो । त्यहाँ बैठक बस्न नसक्ने भएपछि सिंहदरबारमा राष्ट्रिय सभाको बैठक बस्ने तयारी संघीय संसद सचिवालयको छ । 

प्रकाशित: २ माघ २०८२ १५:१८ शुक्रबार