गृहमन्त्री सुधन गुरुङ हरेक समस्या समाधानमा आफैं अग्रसर हुने गरेको विषयलाई लिएर राजनीतिक विश्लेषक मुमाराम खनालले प्रश्न उठाएका छन्।
खनालले सामाजिक सञ्जालमार्फत हरेक अपराधको अनुसन्धान र निराकरण गृहमन्त्री स्वयंले गर्ने हो भने सरकारका अन्य निकायको आवश्यकता के रहन्छ भनेर प्रश्न गरेका हुन्।
उनले लेखेका छन्, ‘हरेक अपराधको अनुसन्धान र निराकरण गृहमन्त्री स्वयंले गर्ने हो भने सरकारका अन्य निकायहरू किन चाहियो ? नेपाली समाजको अधोपतन र '(अ) लोकप्रियतावाद' लाई बुझ्न गृहमन्त्रीजस्तो पद र सुधन गुरुङ जस्तो पात्रलाई बुझ्दा हुन्छ।’
उनले अहिलेको ‘लफंगावाद’ को सुरुवात भने एमाले, कांग्रेस र माओवादीबाट भएको दाबी गरेका छन्।
प्रकाशित: ८ भाद्र २०८३ ०९:४२ सोमबार