राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकालले दुर्गा प्रसाईं पक्राउ परेपछि असन्तुष्टि व्यक्त गरेका छन्।
भड्काउ अभिव्यक्ति दिएको भनेर प्रसाईं जेलमा र भड्काउ कार्य गरेर सिंहदरवार जलाएकाहरू सरकारमा रहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्। उनले देश टुक्राउँछु भनेर अभिव्यक्ति दिने सरकारको सुरक्षामा रहेको बताउँदै भने, 'धर्म र देश जोगाउँछु भन्ने दुर्गा प्रसाई कारागारमा।'
यस्तै, उनले देश कता जाँदै छ भनेर प्रश्न समेत गरेका छन्।
'भड्काउ अभिव्यक्ति दिएको भनेर दुर्गा प्रसाई जेलमा, भड्काउ कार्य गरेर सिंहदरवार जलाएकाहरू सरकारमा,' ढकालले सामाजिक सञ्जालमा लेख्छन्, 'देश टुक्राउँछु भनेर अभिव्यक्ति दिने सरकारको सुरक्षामा, धर्म र देश जोगाउँछु भन्ने दुर्गा प्रसाई कारागारमा। देश कता जाँदै छ?'
प्रकाशित: २ मंसिर २०८२ १३:०० मंगलबार