राजनीति

आवश्यक कागजातसहित शपथमा उपस्थित हुन संसद सचिवालयको सूचना

फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नवनिर्वाचित  सांसदलाई शपथ ग्रहणमा उपस्थित हुन  संघीय संसद सचिवालयले  सार्वजनिक सूचना निकालेको छ।  निर्वाचित सांसदहरूको शपथ यही चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ। 

शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्रको सक्कल र प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो अनिवार्य रहेका छन्।  

शपथको लागी सांसदहरुले नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन सक्ने छन् । जसको लागी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची ३ को ढाँचामा रहेको शपथको व्यहोरालाई सम्बन्धित भाषामा अनुवाद गरी सोको प्रति शपथ कार्यक्रमभन्दा तीन दिन अगावै सचिवालयमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।   

 

प्रकाशित: ६ चैत्र २०८२ ०७:४४ शुक्रबार