राजनीति

किसानलाई समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग  गरेका छन्। 

खेतीको मौसम सुरु हुन लागेकाले तत्काल रासायनिक मल उपलब्ध गराउन, कृषिलाई थप जिम्मेवार र व्यावसायिक बन्ने वातावरण बनाउन उनीहरुले माग गरेका हुन्।  

सांसद विक्रम खनालले खेतीको मौसम सुरु भए पनि रासायनिक मल प्राप्त हुन नसकेको र मल खरिदका लागि साहुसँग ब्याजमा ऋण लिनुपरेको बताउन्दै  किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन सरकारले विशेष ध्यान दिनुपर्ने बताए। 

 त्यसैगरी अर्का सांसद सुनिल केसीले समयमै आवश्यक मात्रामा किसानलाई रासायनिक मल उपलब्ध गराउन माग गरेका छन्। 

सांसद शम्भुप्रसाद ढकालले गरिब नेपाली किसानले लगाएको केरा बिक्रीका लागि वातावरण बनाउनुपर्ने भन्दै सीमापारिबाट सामान ल्याउनेभन्दा पनि नेपाली उत्पादन नै उपभोग गर्नुुपर्ने बताए।   

प्रकाशित: ३० वैशाख २०८३ १४:३८ बुधबार