काठमाडौं उपत्यकामा घर भएका सांसदहरूले कानुनमै भएको व्यवस्थाअनुसार मासिक ९ हजार रुपैयाँ आवास मर्मत तथा सम्भार खर्च लिएका छन् । सार्वजनिक रूपमा घर नभएका सांसदलाई दिइने घरभाडा घर हुनेले पनि लिएको आरोप उठे पनि प्रचलित कानुनअनुसार भने यो भुक्तानीलाई अवैध रुपमा हेरिएको छैन।
‘संघीय सांसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३’ को दफा ६ मा सांसदको आवास सुविधासम्बन्धी व्यवस्था गरिएको छ। दफा ६ को उपदफा (१) अनुसार काठमाडौं उपत्यकामा घर नभएका प्रत्येक सदस्यलाई अनुसूची १ बमोजिम मासिक १८ हजार रुपैयाँ आवास सुविधा उपलब्ध हुने व्यवस्था छ।
तर सोही दफाको उपदफा (२) मा काठमाडौं उपत्यकामा घर भएका पदाधिकारी वा सदस्यलाई आवास मर्मत तथा सम्भारबापत उपदफा (१) बमोजिमको रकमको आधा उपलब्ध गराउने व्यवस्था छ। यसअनुसार काठमाडौंमा घर भएका सांसदले मासिक ९ हजार रुपैयाँ मर्मत तथा सम्भार खर्च पाउने व्यवस्था छ।
संघीय संसद् सचिवालयकी सूचना अधिकारीका अनुसार सांसदहरूले प्राप्त गर्ने सेवा तथा सुविधासम्बन्धी व्यवस्था ऐनमै स्पष्ट रहेकाले सचिवालयले सोही कानुनी व्यवस्थाअनुसार भुक्तानी गर्दै आएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि काठमाडौंमा घर भएका र मासिक ९ हजार रुपैयाँ आवास मर्मत तथा सम्भार खर्च लिने सांसदको सूचीमा परेका छन्।
संसद् सचिवालयबाट वैशाख र जेठ महिनाको पारिश्रमिक तथा सुविधा भुक्तानीसम्बन्धी विवरणमा लामिछानेले मासिक ८१ हजार ७० रुपैयाँ प्राप्त गरेको देखिन्छ। यसमध्ये ६६ हजार रुपैयाँ सांसद सदस्यबापतको पारिश्रमिक, २ हजार रुपैयाँ धारा–बिजुली, ३ हजार रुपैयाँ सञ्चार, ९ हजार रुपैयाँ आवास मर्मत तथा सम्भार र १ हजार रुपैयाँ विशेष भत्ता रहेको विवरणमा उल्लेख छ। उनको नाममा इन्धन सुविधा भने देखिँदैन।
संसद् सचिवालयको प्रमाणित विवरणअनुसार काठमाडौं उपत्यकामा घर भएका १०४ जना सांसदले मासिक ९ हजार रुपैयाँ आवास मर्मत तथा सम्भार खर्च लिइरहेका छन्। तीमध्ये प्रतिनिधिसभाका ८७ र राष्ट्रियसभाका १७ सांसद छन्।
प्रतिनिधिसभाका सदस्यहरूमा रवि लामिछानेसहित अच्युतम् लामिछाने, अनुस्का श्रेष्ठ, अरविन्द साह, डा अर्जुन कुमार कार्की, अर्जुन नरसिंह केसी, डा आनन्दबहादुर चन्द, आशिष गजुरेल, डा ओजस्वी शेरचन, कुलभक्त शाक्य, कुसुम महर्जन, डा कृष्णहरि बुढाथोकी, कोमल ज्ञवाली, खुसबु ओली, खुसबु सरकार श्रेष्ठ, गङ्गालक्ष्मी अवाल, गणेश पराजुली, गणेशबहादुर विश्वकर्मा, गीता गुरुङ, गोविन्द पन्थी, गौरी कुमारी, जगदीश खरेल, तुका भद्रा हमाल, टेकबहादुर गुरुङ, तारा विश्वकर्मा, डा तोसिमा कार्की, दीपकराज बोहरा, ई दीपकुमार साह, धनबहादुर बुढा, धनञ्जय रेग्मी र नरेन्द्र साह कलवारलगायत छन्।
त्यस्तै नीनु कुमारी कर्ण, परशुराम तामाङ, पवित्रा बिक, पारसमणि गेलाल, प्रा डा पुष्पराज कडेल, प्रकाश सिंह कार्की, प्रदीप विष्ट, प्रभा कार्की, प्रमीला कुलुजु, प्रमेश कुमार हमाल, वदनकुमार भण्डारी, विदुषी राणा, विश्वराज पोखरेल, बुद्धरत्न महर्जन, बोध नारायण श्रेष्ठ, भरत कुमार सवार, भरत गिरी, भरतप्रसाद पराजुली, भरतबहादुर खड्का, भूमिका श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, मधुकुमार चौलागाईं, मिड्मा ग्याबु शेर्पा, मोहन आचार्य, मोहनलाल आचार्य, यज्ञमणि न्यौपाने, रत्ना कुमारी थापा, रन्जु न्यौपाने, रहबर अन्सारी, राजकिशोर महतो कोइरी, राजुनाथ पाण्डे, रेखा कुमारी यादव, डा ललिता कुमारी, लिमा अधिकारी ९आचार्य०, विक्रम थापा, विपिन कुमार आचार्य, विष्णुमाया बिक, शम्भुप्रसाद ढकाल, शोभा खनाल, श्रीराम न्यौपाने, समीक्षा बास्कोटा, सरस्वती लामा, सिर्जना श्रेष्ठ, सुजाता तामाङ, सुनिल केसी, सुहाङ नेम्वाङ र हरिमोहन भण्डारीलगायत सांसदले पनि उक्त सुविधा लिइरहेका छन्।
राष्ट्रियसभातर्फ डा अन्जान शाक्य, उर्मिला अर्याल, किरण बाबु श्रेष्ठ, कृष्णप्रसाद पौडेल, खम्मबहादुर खाती, गोपालकुमार बस्नेत, जगत तिमिल्सिना, जितजङ्ग बस्नेत, नारायण दत्त मिश्र, पदमबहादुर परियार, डा। प्रेमप्रसाद दङ्गाल, रञ्जित कर्ण, रामकुमारी झाँक्री, विष्णुदेवी पुडासैनी, सम्झना देवकोटा, सुनिलबहादुर थापा र सोनाम गेल्जेन शेर्पाले मासिक ९ हजार रुपैयाँ आवास मर्मत तथा सम्भार खर्च लिइरहेको विवरणमा उल्लेख छ।
प्रकाशित: २८ श्रावण २०८३ १२:४७ बिहीबार