प्रतिनिधि सभाको बिहीबारको बैठकमा रिङ्गटा लागेर ढलेका सांसद भरतबहादुर खड्काको अवस्था सामान्य रहेको छ।
सांसद खड्का संसद् बैठक चलिरहेका बेला उच्च उक्तचापका कारण कुर्सीबाट लडेका थिए। उनलाई तत्कालै वीर अस्पताल पुर्याइएको थियो।
उनलाई २४ घण्टा चिकित्सकको निगरानीमा अस्पतालमा राखिएको आफन्तले जनाएका छन्।
प्रकाशित: १८ भाद्र २०८३ १६:३८ बिहीबार