प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले सुकुम्बासी समस्यालाई संवेदनशील रूपमा समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको अवस्था चिन्ताजनक बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
उनले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा देखिएको अवस्थालाई समाधान गर्न र बालबालिका, वृद्धवृद्धा तथा अन्य प्रभावित परिवारको समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताए।
केसीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा डोजर चलाएपछि विभिन्न ठाउँमा गरी ४ जनाको मुत्यु भएको भन्दै यस्ता घटनाले उनीहरुमा झनै त्रासको वातावरण सिर्जना गरेको भन्दै सरकारले उनीहरुको समस्यालाई ध्यानमा राख्नु पर्ने बताए।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले समेत उक्त विषयमा चासो व्यक्त गरेको भन्दै सरकारलाई ध्यानाकर्षण गराए।
प्रकाशित: ३ असार २०८३ १२:३९ बुधबार