राजनीति

सगरमाथा चढ्दै सांसद

प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा सरगमाथा आरोहण गर्दै नेपालको संसदको लोगो अंकित झण्डा फहराउने भएका छन्।  

रास्वपाबाट प्रतिनिधि सभाका समानुपातिक सांसद शेर्पा सगरमाथा आरोहण गर्न बुधबार सगरमाथा बेसक्याम्प पुगिसकेका छन्।

संसदको लोगो अंकित झण्डा लिएर सर्वोच्च शिखर सगरमाथामा बहालवाला सांसद पुग्ने पहिलो व्यक्ति शेर्पा बन्ने छन्।

प्रकाशित: ६ जेष्ठ २०८३ १३:२९ बुधबार