राजनीति

मणिपुरमा भाषण गरेर मोदीले दिए नेपाली प्रधानमन्त्रीलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक सार्वजनिक भाषणबाटै नेपाली अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्। यसअघि शुक्रबार प्रधानमन्त्री नियुक्त हुनासाथ तीन भाषामा बधाई दिएका मोदीले शनिबार मणिपुरमा भाषण गरेरै नेपाली समकक्षी कार्कीलाई बधाई दिएका हुन्। 

‘अन्तरिम सरकारको प्रधानमन्त्री पद सम्हालेकोमा १४० करोड भारतीयका तर्फबाट श्रीमती सुशीला जीलाई हार्दिक बधाई दिन्छु,’ मोदीले भाषणमा भनेका छन्, ‘मलाई विश्वास छ नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नेछन्।’ 

नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा कार्की आउनु महिला सशक्तीकरणको उत्तम उदाहरण रहेको पनि मोदीले बताएका छन्। ‘म नेपालका हरेक व्यक्तिको सराहना गर्छु, यस्तो अस्थिरताको माहौलमा पनि लोकतान्त्रिक मूल्यलाई सर्वोपरि राखे,’ मोदीले भनेका छन्। 

प्रकाशित: २८ भाद्र २०८२ १७:३६ शनिबार