राजनीति

प्रत्यक्ष कार्यकारीको एजेन्डासहित मिरजले गरे दल खोल्ने उद्घोष

तस्बिर : मिरज ढुंगानाको फेसबुकबाट

२१ फागुनको निर्वाचन नजिक आउँदै गर्दा पार्टी खोल्ने क्रम बढेको छ। यसबिच जेनजी अभियान्ता मिरज ढुंगानाले पनि राजनीतिक दल खोल्ने उद्घोष गरेका छन्। शनिबार पत्रकार सम्मेलनमार्फत उनले आफ्नो दल घोषणाबारे थप जानकारी गराउने बताएका हुन्।  

सामाजिक सञ्जालमा जारी भिडियोमा उनले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्ने एजेन्डासहित दल दर्ता गर्न लागेको जानकारी दिए। उनले भिडियोमा देशको वर्तमान अवस्थालाई सम्बोधन गर्न नयाँ राजनीतिक दल गठन आवश्यक भएको तर्क गरेका छन्।  

उनले आफ्नो दलको लक्ष्य आमूल परिवर्तन ल्याउनु रहेको पनि स्पष्ट पारेका छन्। उनका अनुसार देश गम्भीर संकटमा छ। आफूले नेपालीको पीडा र देशको अवस्था बुझेको दाबी गर्दै उनले नयाँ अभियान सुरु गरेको भनेका छन्। यसबारे शनिबार दिउँसो एक बजे एभरेस्ट होटलमा पत्रकार सम्मेलनमार्फत थप जानकारी गराउने जनाएका छन्।

प्रकाशित: ३१ आश्विन २०८२ १४:०९ शुक्रबार