राजनीति

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे आज परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङ गर्दै

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले आज प्रेस ब्रिफिङ गर्ने भएको छ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार आज (शुक्रबार) बिहान ११ बजे सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको सभाहलमा प्रेस ब्रिफिङ आयोजना गर्न लागिएको हो।

प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी तथा भ्रमणसँग सम्बन्धित विषयमा जानकारी दिने मन्त्रालयले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०८३ ०९:५८ शुक्रबार