सडक अनुगमनका क्रममा सुदूरपश्चिम प्रदेशको बैतडी रहेका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल अस्वस्थ भएपछि उनलाई बैतडीबाट हेलिकोप्टरमार्फत धनगढी विमानस्थल लगेर काठमाडौं पठाउन लागिएको हो।
धनगढी विमानस्थलबाट नेपाली सेनाको स्काईट्रकबाट काठमाडौं लैजाने तयारी गरिएको प्रहरीले बताएको छ। मन्त्री लम्साल आइतबार दार्चुलाबाट बैतडी पुगेका थिए। बैतडी पुगेपछि अचानक स्वास्थ्यमा समस्या देखिएको थियो।
सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर बैतडी पुगेर उद्धार गरी धनगढी विमानस्थल ल्याउन लागेको हो। उनलाई काठमाडौं लैजान नेपाली सेनाको स्काईट्रक धनगढी विमानस्थलमा पुगिसकेको धनगढी विमानस्थल कन्ट्रोल टावरका विद्या शाहले बताएका छन्।
उनलाई आजै काठमाडौं लैजाने तयारी गरिएको छ। मन्त्री लम्साल सडक अनुगमनका क्रममा दुई दिनअघि दार्चुला पुगेका थिए।
प्रकाशित: ३१ श्रावण २०८३ १९:१७ आइतबार