सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीबाट उद्दार गरिएका व्यक्तिको स्वास्थ्य अवस्था र हराइरहेका व्यक्तिका परिवारजनका सदस्यसँग आज भेटघाट गरेका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकलाई उद्दार गरेर नेपाली सेना, श्री नं १ तालिम केन्द्र त्रिशूलीमा ल्याइएको छ। सो अवसरमा मन्त्री डा. तिमिल्सिनाले सरकारले बाढी प्रवाहित क्षेत्रमा खोज, उद्दार र राहतलाई उच्च प्राथमिकता दिएको बताए।
प्रकाशित: ११ भाद्र २०८३ ०९:३० बिहीबार