राजनीति

बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन मन्त्री चौधरीको सांसदसँग छलफल

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा सांसदहरूसँग छलफल गरेकी छन्। मन्त्री चौधरीले आज मन्त्रालयमा सांसदहरूसँग बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा छलफल गरेकी हुन्। 

मन्त्री चौधरीले बाढी प्रभावित नागरिकलाई राहत खाद्यान्न, स्वच्छ खानेपानी, औषधि, लत्ताकपडा लगायतका अत्यावश्यक सामग्री शीघ्र पुर्‍याउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइन्। 

उनले प्रभावित नागरिकको आवश्यकता पहिचान गरी राहत सामग्रीको आपूर्ति तथा वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कार्ययोजना अघि बढाउने विषयमा जोड दिइन्। 

छलफलमा बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्ति तथा वितरणका लागि सरकारी निकाय, स्थानीय तह र सम्बन्धित पक्षबीच समन्वय गरी तत्काल आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको थियो। 

छलफलमा भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत तथा अत्यावश्यक सामग्रीको अभाव हुन नदिन उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालन गर्दै राहत वितरणलाई थप व्यवस्थित र शीघ्र बनाउनेमा जोड दिइएको थियो। 

प्रकाशित: १३ भाद्र २०८३ १६:०७ शनिबार