राजनीति

प्रतिनिधिसभाका सदस्यले एकसाथ लिए शपथ

फागुन २१ गते भएको निर्वाचनमा निर्वाचित प्रतिनिधि सभाका सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन्।  

नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराए ।

सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले एकसाथ शपथ लिएका हुन् । सांसद शपथका लागि आ–आफ्नै भेषभूषाका साथ सिंहदरबार पुगेका थिए ।  

संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् । 

प्रकाशित: १२ चैत्र २०८२ १४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App