राजनीति

आज विभिन्न संसदीय समितिको बैठक बस्दै

आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ।

संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, पूर्वाधार विकास समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ।

अर्थ समितिको बैठक बिहान ९ः३० बजे समितिको सभाकक्ष, संघीय संसद् सचिवालय, सिंहदरबारमा बस्नेछ। बैठकमा अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल, विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने संशोधनकर्ता सदस्यहरूसँग छलफल तथा विविध विषयमा छलफल हुनेछ।

पूर्वाधार विकास समितिको बैठक बिहान १०ः०० बजे समितिको बैठककक्ष, सिंहदरबारमा बस्नेछ। बैठकमा निजी ऊर्जा उत्पादकबाट उत्पादित जलविद्युत तथा जलविद्युत आयोजनामा निजी क्षेत्रको लगानी प्रवर्धन गर्न विद्यमान ऐन, कानुनमा गर्नुपर्ने सुधारका विषयमा छलफल हुनेछ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ। बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल तथा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: ७ आश्विन २०८३ ०६:३१ बुधबार