राजनीति

संघीय संसद्का चार समितिको बैठक बस्दै

संघीय संसद् अन्तर्गतका चार वटा समितिको बैठक आज बस्दै छ।

संघीय संसद् सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्ने भएको हो। जसअनुसार अर्थ समितिको बैठकमा बिहान ११ बजे बस्ने छ। बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने कार्यसूची रहेको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सौर्य एयरलाइन्स दुर्घटना जाँचबुझको अन्तिम प्रतिवेदनमाथि छलफल हुने छ। यो बिहान ८ः३० बजे बस्ने छ।

विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुने छ। यो बैठक बिहान ११ः३० बजे बोलाइएको छ।

यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः३० बजे बस्ने छ। बैठकमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासका बारेमा छलफल गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: २९ श्रावण २०८२ ०८:०३ बिहीबार