राजनीति

रास्वपा सभापति लामिछाने र भाजपाका राष्ट्रिय अध्यक्ष नवीनबिच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा)का नवनियुक्त राष्ट्रिय अध्यक्ष नितिन नवीनबिच भेटवार्ता भएको छ।

मंगलबार भाजपाको मुख्यालय नयाँ दिल्लीमा उनीहरुबिच भेटवार्ता भएको हो।

भेटका क्रममा दुवै नेताहरूबिच दलीय संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनीतिक पहुँचका विषयमा विस्तृत रूपमा विचार आदानप्रदान हुने बताइएको छ।

भाजपाले सञ्चालन गरिरहेको ‘भाजपालाई जान्नुहोस्’ अभियान अन्तर्गत दुई नेताबिच यो भेटवार्ता भएको हो।

सभापति लमिछाने भाजपाका अध्यक्ष नविनको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि सोमबार भारत गएका थिए। भ्रमणका क्रममा उनले भारतमा बसोबास गर्ने नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्नुका साथै अयोध्याको भ्रमण पनि गर्ने छन्।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा, र स्वकीय सचिव प्रदीप आचार्य छन्।

प्रकाशित: १९ जेष्ठ २०८३ १२:४८ मंगलबार