राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र आम जनता पार्टीका अध्यक्ष प्रभु साहबिच भेटवार्ता भएको छ।
रास्वपा सभापति लामिछानेलाई भेट्न प्रभु साह उनकै निवास बूढानीलकण्ठ पुगेका थिए।
सो अवसरमा उनीहरूबिच देश र विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरी पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल भएको रास्वपाले जनाएको छ।
लामिछाने मधेश केन्द्रित नेताहरूसँग संवाद् थालेका छन्। उनले आज बिहान लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुरसँग पनि भेटघाट गरेका छन्। ठाकुर उनकै निवास बूढानीलकण्ठ पुगेका थिए।
भेटमा अध्यक्ष साहले पार्टी र सभापतिलाई औपचारिक रूपमा बधाई ज्ञापन गरेका थिए।
प्रकाशित: १७ चैत्र २०८२ १५:२४ मंगलबार