प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानसेनापति जनरल धिरज सेठबिच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले प्रधानमन्त्री शाह र भारतीय प्रधानसेनापति सेठबिच भेटवार्ता भइरहेको छ।
भारतीय प्रधानसेनापति सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका थिए।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सेठलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।
सेठले २०२६ जुन ३० मा भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी समालेका थिए। प्रधानसेनापति बनेपछि उनको नेपालमा पहिलो विदेश भ्रमण भएको हो।
प्रकाशित: २ भाद्र २०८३ १५:२१ मंगलबार



