राजनीति

राष्ट्रपति पौडेल र सभापति लामिछानेबिच भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राष्ट्रपति पौडेल र सभापति लामिछानेबिच भेटवार्ता भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको सचिवालयले जनाएको छ।

प्रकाशित: ११ मंसिर २०८३ १३:३९ शुक्रबार