राष्ट्रपति रामचन्द्र पौडेल र रास्वपा सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शितल निवास पुगि रवि लामिछानेले भेटवार्ता गरेका रास्वपा प्रवक्ता जगदिश खरेलले जानकारी दिए।
भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढी र त्यसबाट भएको क्षतीसँगै उद्धार र राहतका लागि भइरहेका गतिबिधिबारे राष्ट्रपतिलाई ब्रिफिङ गरे।
यस्तै, उनले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटी सरकारले गरिरहेको कामबारे जानकारी लिएको बारेपनि राष्ट्रपतिलाई जानकारी गराए।
प्रकाशित: १५ भाद्र २०८३ १७:५३ सोमबार