काठमाडौं उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
मंगलबार बसेको आकस्मिक बैठकले उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकारलगायतका विषयमा प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने निर्णय गरेको हो।
यस्तै, फोरमले भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति समेत घोर आपत्ति जनाउँदै यसबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने विज्ञप्तिमा उल्लेख छ।
उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाका प्रमुख रहँदादेखि नै फोरमले उपत्यका भित्रको फोहोर व्यवस्थापनका लागि तत्कालीन सरकार र नेप वेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्न पटक पटक छलफल हुँदै आएको जनाउँदै फोरमले उपत्यका भित्रको फोहोर व्यवस्थापन तीन वटा तहका सरकारका साझा सरोकारको विषय भएको उल्लेख गरेको छ।
प्रकाशित: ९ भाद्र २०८३ १२:०४ मंगलबार