राजनीति

कोशी प्रदेशमा आमसञ्चार प्रतिष्ठान गठन

कोशी प्रदेशमा आमसञ्चार प्रतिष्ठान गठन गरिएको छ । कोशी प्रदेश सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट आमसञ्चार प्रतिष्ठान गठनको निर्णय गरेको हो ।  

प्रतिष्ठानको अध्यक्षमा दीपककुमार दाहाललाई नियुक्त गर्ने निर्णय गरिएको काशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।  

उनका अनुसार प्रतिष्ठानको सदस्यहरूमा अर्जुन राजवंशी, ध्रुव ढकाल, रमेशचन्द्र अधिकारी, शान्ति गौतम, विष्णुप्रसाद पोखरेल, माला पालुङ्गा, रेवती पराजुली र  सदस्यसचिव लिलाराज भट्टराईलाई नियुक्ती गर्ने निर्णय गरिएको मन्त्री पराजुलीले बताए । 

प्रकाशित: २९ असार २०८३ १८:११ सोमबार