राजनीति

माओवादीको शंकाः सामाजिक सञ्जाल नियमन गर्ने बहानामा सरकार निरंकुशतातिर बढ्यो

फाइल तस्बिर

नेकपा माओवादी केन्द्रले सामाजिक सञ्जाल नियमन गर्ने बहानामा सरकार निरंकुशतातिर लम्केको टिप्पणी गरेको छ। बिहीबार बसेको पदाधिकारी बैठकको समीक्षा सुनाउँदै उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन्।  

‘सामाजिक सञ्जालका बारेमा सरकारले जुन निर्णय गरेको छ, त्यो निर्णयमा नियमन त गर्नुपर्छ,’ सापकोटाले भने, ‘तर, सरकारका समग्र निर्णयको सारको अध्ययन गर्दाखेरि र अहिले सरकारका सम्पूर्ण अभिव्यक्ति र क्रियाकलाप हेर्दा खेरी यो अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन्छ कि जस्तो लागिरहेको छ।’  

यसबारेमा माओवादी केन्द्रले गाम्भीर्यताका साथ अध्ययन गरिरहेको उनले बताए।

‘अध्ययन गरिसकेपछि फुल फेजमा हाम्रा धारणा आउने नै छन्। तर अहिले हामीलाई प्रथम दृष्टिमै के लागेको छ भने यो चाहिँ सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने दिसातिर सरकार उद्धत भएको छ,’ उनले भने। गणतन्त्रको सबैभन्दा ठुलो उपलब्धि अभिव्यक्ति स्वतन्त्रता रहेको बताउँदै उनले नियमन गर्ने बहानामा सरकार निरंकुशतातिर अघि बढेको आशंका व्यक्त गरे।

प्रकाशित: १९ भाद्र २०८२ १६:४२ बिहीबार