राजनीति

जेनजी आन्दोलनमा धेरै युवाले बलिदान दिए, लाभ केही कब्जावालले मात्रै लिए : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनमा धेरै युवाले बलिदान दिए पनि त्यसको लाभ केही व्यक्तिले मात्रै लिएको बताएका छन्।

रामायण युद्धको प्रसङ्ग जोड्दै उनले यस्तो बताएका हुन्। उनले आन्दोलनमा सहभागी धेरै युवाको योगदान र त्यसबाट लाभ लिनेहरूको अवस्थाबीच तुलना समेत गरे।

‘रामायण युद्धमा हजारौँ मारिए, तर लक्ष्मणका लागि मात्रै सञ्जीवनी बुटी मगाइयो। जेनजी आन्दोलनमा पनि धेरै युवाले बलिदान दिए, तर लाभ केही कब्जावालले मात्रै लिए,’ बस्नेतले भनेका छन्।

प्रकाशित: २९ आश्विन २०८३ ०८:४९ बिहीबार