नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खस आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका छन्।
३ हजार १०० मत गणना हुँदा आचार्यले १ हजार १३२ मत प्राप्त गरेका छन्।
पछिल्लो मतपरिणामअनुसार जगदीश्वर नरसिंह केसीले ९४९, दिनेश कोइरालाले ६२४ र शुभराम बस्नेतले २०४ मत पाएका छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।
प्रकाशित: २९ आश्विन २०८३ ०८:५२ बिहीबार



