सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनर्स्थापनाका लागि बहुमत निवर्तमान सांसदको हस्ताक्षर पुगेको छ। नेकपा एमालेका ७५, नेपाली कांग्रेसका ६५, जनता समाजवादी पार्टी(जसपा)का एक, जनमत पार्टीका एक र एक स्वतन्त्र सांसद गरी १४३ जना निवर्तमान सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा दर्ता भएको हो। २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमत पुग्न १३८ सांसद चाहिन्छ।
यसअघि ७५ सांसदको हस्ताक्षरसहित एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले मंसिर १० मा नै सर्वोच्चमा रिट दर्ता गराइसकेका थिए।
त्यसपछि मंसिर २३ गते कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहितका ८ जना निवर्तमान सांसदको हस्ताक्षरसहित अर्को रिट दर्ता भएको थियो।
यसैबिच कांग्रेस–एमालेले प्रतिनिधिसभा पुनर्स्थापन पक्षमा बहुमत सांसदकै हस्ताक्षर सर्वोच्चमा पु¥याउने नयाँ रणनीति बनाएका थिए। जसअनुसार मंगलबार थप ६० जना सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा दर्ता भएको छ।
यस पटक कांग्रेसका थप ५७ सांसदसँगै जसपाकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ(सापकोटा) र स्वतन्त्र योगेन्द्र मण्डलसहितको हस्ताक्षर सर्वोच्च अदालतमा पुगेको छ।
कांग्रेसका ८ सांसदले मंसिर २३ गते दर्ता गरेको रिट निवेदनको निवेदकमै जोडिने गरी थप ६० जनाको निवेदन मंगलबार सर्वोच्चमा दर्ता भएको छ।
अब प्रतिनिधिसभा विघटनविरुद्धको रिटको पेसी पनि बुधवार तोकिएको छ।
मंसिर २३ गतेका निवेदक कांग्रेस सांसद
१) श्यामकुमार घिमिरे
२) सुशीला थिङ
३) आशा विक
४) दीपक खड्का
५) सीताकुमारी राना
६) नगिना यादव
७) शान्ति विक
८) जाबेदा खातुन जागा
पुस ८ गतेका थप निवेदक कांग्रेस सांसद
१) चन्दा चौधरी
२) बद्रीप्रसाद पाण्डे
३) प्रकाशशरण महत
४) पूर्णबहादुर तामाङ
५) जीवन परियार
६) चन्द्रकान्त भण्डारी
७) पुष्पबहादुर शाह
८) नारायण खड्का
९) मनोरमा शेरचन
१०) मोहन आचार्य
११) रामकृष्ण यादव
१२) राजेन्द्रकुमार केसी
१३) बिनाकुमारी थनैत
१४) विनोद चौधरी
१५) अन्जनी श्रेष्ठ
१६) शंकर भण्डारी
१७)मैना कार्की
१८) रमेश रिजाल
१९) डिगबहादुर लिम्बु
२०) रामहरि खतिवडा
२१) रमेश लेखक
२२) शशांक कोइराला
२३) नारायणप्रकाश साउद
२४) ज्ञानेन्द्रबहादुर कार्की
२५) प्रकाशमान सिंह
२६) तेजुलाल चौधरी
२७) दीपक गिरि
२८) सन्तोष चालिसे
२९) राजेन्द्र बजगाईँ
३०) ईश्वरीदेवी न्यौपाने
३१) रामनाथ अधिकारी
३२) दिलेन्द्रप्रसाद बडू
३३) दिनेशकुमार यादव
३४) मञ्जु खाण
३५) महेन्द्रकुमार राय
३६) ऐनबहादुर शाही ठकुरी
३७) सीता गुरुङ
३८) माया राई
३९) सरिता प्रसाईँ
४०) डिल्लीराज पन्त
४१) टेकबहादुर गुरुङ
४२) विष्णुकुमार कार्की
४३) किशोरसिंह राठोर
४४) संगिता मण्डल धानुक
४५) कल्पना चौधरी
४६) अजयकुमार चौरसिया
४७) राजु थापा
४८) वीरबहादुर बलायर
४९) खमबहादुर गर्बुजा
५०) देवप्रसाद तिमिल्सेना
५१) कान्तिका सेजुवाल
५२) सुनिलकुमार शर्मा
५३) रुपा विक
५४) दुर्लभ थापा क्षेत्री
५५) रमा कोइराला पौडेल
५६) सरस्वती बजिमय
५७)अम्बिका बस्नेत
अन्य दल र स्वतन्त्र
१) जसपा सांसद हसिना खान
२) जनमत पार्टी सांसद गोमा लाभ(सापकोटा)
३) स्वतन्त्र सांसद योगेन्द्र मण्डल
प्रकाशित: ८ पुस २०८२ १९:१७ मंगलबार