राजनीति

महेश भन्छन्ः जेन–जीको नाममा अपराध गर्ने विरुद्ध डिजी फोर्स सक्रिय

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता महेश बस्नेतले जेन–जीको नाममा अपराध गर्नेमाथि कारबाही सुरु गरिएको बताएका छन्।  चोरी, लुटपाट र आगजनी गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने र प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिहरूविरुद्ध डिजिटल जेनेरशन फोर्स ( डिजी फोर्स)  गठन गरेर कारबाही सुरु गरिएको उनले बताए । 

‘जेन्जीको नाममा हत्या, चोरी, लुटपाट र आगजनी गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने र प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिहरूविरुद्ध  डिजी फोर्स गठन गरी कारबाही सुरु गरिएको छ,’ उनले सामाजिक सञ्जालमा कारबाही गर्दे गरेको भिडियो सेयर गर्दै लेखेका छन्, ‘सबै नागरिक, विशेषगरि साक्षी र सम्बन्धित पक्षहरूले प्रहरीलाई आवश्यक फोटो, भिडियो तथा सूचना उपलब्ध गराइ सहयोग गर्न अनुरोध  गर्दछौ।’ 

प्रकाशित: ३१ भाद्र २०८२ १३:४८ मंगलबार