राजनीति

महेशको सुझाव: यस पटक रैथाने उम्मेदवार हाई हाई, घुमन्ते उम्मेदवार बाई बाई गर्नुस्

नेकपा एमालेका सचिव महेश बस्नेतले देशैभरका आम मतदातासँग घुमन्ते उम्मेदवारलाई बाई बाई गर्न आग्रह गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले यस्तो आग्रह गरेका हुन्। 

‘म झापालगायतका देशभरिका मतदातालाई भन्न चाहन्छु,’ बस्नेतले भने, ‘यसपालि घुमन्ते उम्मेदवार बाई बाई, रैथाने उम्मेदवार हाई हाई, नेकपा एमाले जिन्दाबाद, घुमन्ते उम्मेदवार मुर्दावाद यो नारा तपाईँले लगाउनुपर्नेछ ।’ 

प्रकाशित: १६ माघ २०८२ १५:३३ शुक्रबार