नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलन सामाजिक कि संगठित अपराध भन्दै प्रश्न गरेका छन्।
बस्नेतले आज सामाजिक सञ्जालमा लेख्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र सुधन गुरुङलाई उक्त प्रश्न गरेका हुन्।
'पक्राउ परेकामध्ये करिब ८० प्रतिशत व्यक्ति ठगी, बैंकिङ कसुर, ज्यान मार्ने उद्योगजस्ता मुद्दामा पहिले नै संलग्न थिए। कतिपय त फरार अभियुक्त नै रहेछन्! १५ सय हतियार लुटिँदा अझै ४ सय हराइरहेका छन्,' उनले प्रहरी अनुसन्धानले देखाएको भन्दै लेखेका छन्, 'अब प्रश्न उठछ। यो आन्दोलन सामाजिक थियो कि संगठित अपराधको आवरणमा भएको हिंसात्मक अभियान? बालेन सुधनहरुले जवाफ दिनुपर्छ?
प्रकाशित: १० कार्तिक २०८२ ११:१० सोमबार