राजनीति

महेशको अपिल : यस पटक म सबैको साझा उम्मेदवार हुँ, एमालेको मात्र होइन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर-२ बाट उम्मेदवार रहेका नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई कुनै एक दलको मात्र उम्मेदवार नभई सबैको साझा उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘साथीहरू, तपाईं–हामी विगतमा एमाले, कांग्रेस, नेमकिपा, नेकपा, राप्रपा, रास्वपा वा जुनसुकै दलमा आबद्ध भए पनि यसपालि म कुनै एउटा दलको मात्रै नेता वा उम्मेदवार होइन, सबैको साझा उम्मेदवारका रूपमा तपाईंहरू माझ आएको छु।’

उनले आफ्नो विगतको कामले नै यो कुरा प्रमाणित गरिसकेको दाबी पनि गरेका छन्। बस्नेतले अगाडि लेखेका छन्, ‘यसपालि मत झण्डा र पात्र हेरेर होइन, भक्तपुरको भविष्य हेरेर दिऔँ। दल फरक हुन सक्छन्। तर जनताको चाहना एउटै हो-देश विकास होस्, नीति निर्माणको तहमा भक्तपुरको आवाज अझ सशक्त बनोस्।’

प्रकाशित: १२ माघ २०८२ ०९:१० सोमबार