राजनीति

राप्रपालाई मधेस सरकारबाट तत्काल फिर्ता हुन लिङ्देनको निर्देशन, कारबाही गर्ने चेतावनी

राप्रपाले मधेस प्रदेश सरकारमा आफूहरूको सहभागिताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले होटेलमा बसेर नेकपा एमालेका नेता सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त गरेपछि चर्को विरोध सुरु भएको छ। सोही क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। उनले यस्तो कार्य अनुशासनको गम्भीर उल्लंघन भएको बताए।

साथै, राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन लिङ्देनले निर्देशन समेत दिएका छन्। अन्यथा विधान बमोजिम कारबाही हुने जानकारी पनि उनले चेतावनी दिए।

'मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'यो अनुशासनको गम्भीर उल्लंघन हो। राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ। अन्यथा विधान बमोजिम कारबाही हुने जानकारी गराउँछु।'

प्रकाशित: २४ कार्तिक २०८२ ०९:३१ सोमबार