राजनीति

मधेसमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत भएसँगै मधेसमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवको राजीनामा आज स्वीकृत गर्दै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका हुन्।

प्रदेश प्रमुखको कार्यालयले इच्छुक प्रदेशसभा सदस्यलाई २०८३ साल मङ्सिर ४ गते शुक्रबार दिउँसो ४ बजेभित्र मधेस प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न समय सीमा तोकेको छ।

मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट राजीनामा दिएका थिए।

प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।

प्रकाशित: २८ कार्तिक २०८३ १९:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App