राजनीति

मलेसिया भ्रमण सकेर स्वदेश फर्किए मधेसका मुख्यमन्त्री

फाइल।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह चारदिने मलेसिया भ्रमण सकेर स्वदेश फिर्ता भएका छन्।

मुख्यमन्त्री सिंह आज साँझ स्वदेश फर्किएकाे उनको सचिवालयले जनाएको छ। यही भदौ ६ गते उनी भ्रमणमा गएका थिए।

त्यहाँ रहँदा उनले नेपाली समुदायसँग भेटघाट गर्नुका साथै आफ्नो निजी कार्यक्रममा सहभागिता जनाएका थिए।

प्रकाशित: १० भाद्र २०८२ २१:०५ मंगलबार