मधेस प्रदेशका प्रदेश सुरेन्द्र लाभ कर्णलाई कोशी प्रदेशको प्रदेश प्रमुखको समेत कार्यभार तोकिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६५ (२) बमोजिम मधेस प्रदेशका प्रदेश प्रमुखलाई कोशी प्रदेश प्रमुखको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकेका हुन्।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उक्त निर्णय गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कोशी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्ति नभएसम्मका लागि मधेस प्रदेशका प्रदेश प्रमुखले नै कोशीको जिम्मेवारीसमेत सम्हाल्ने विज्ञप्तिमा उल्लेख छ।
कार्तिक २३ गते ५ वर्ष कार्यकाल पुरा भएर कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ पदमुक्त भएसँगै कोशी प्रदेशको प्रदेश प्रमुख पद रिक्त छ।
प्रकाशित: १० मंसिर २०८३ १७:०३ बिहीबार