नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जेन–जी युवाहरूले आफ्नो पार्टीको ठुलो महत्व रहेको बताइरहेको दाबी गरेका छन्। बुधबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो दाबी गरेका हुन्।
‘मैसँग आएर जेन–जीका साथीहरूले भनिसकेका छन्, तपाईँहरूको पार्टीको ठूलो महत्त्व छ, तपाईँहरू अगाडि बढ्नुस्,’ अध्यक्ष नेपालले भने, ‘हामीलाई त्यसमा गौरव र विश्वास पनि छ।’
नेपालको राजनीतिमा अब नमरुन्जेलसम्म नेतृत्वमा बसिरहने प्रवृत्तिको अन्त्य गर्नुपर्ने अवस्था आएको बताए । उनले भने, ‘हामीले नयाँ ढंगको सोच बनाएर जानुपर्छ, एउटै मान्छे कतिचोटि सांसद, मन्त्री, प्रधानमन्त्री बन्ने ? एउटै मान्छे पार्टीको कतिचोटि प्रमुख हुने? एउटै मान्छे सधैँभरी मुख्य ठाउँमा मात्रै बसिराख्ने? यो सबै परिवर्तनको लागि नयाँ ढंगले सोच्नुपर्छ।’
आफ्नो पार्टीमा २० प्रतिशत युवाहरूको सुनिश्चितता गरिसकेको पनि अध्यक्ष नेपालले दाबी गरे।
प्रकाशित: १२ कार्तिक २०८२ १४:०७ बुधबार